लोड हुँदैछ...
फाल्गुण ७, २०८२
रमजान रोजाको शुभकामना
मुस्लिम धर्मावलम्वीहरूको पवित्र पर्व रमजान महिना (निराहार व्रत) रोजाकोे अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना ‘रमजानुल मुबारक’ मा मुस्लिम धर्मावलम्वीहरू एक महिनासम्म रोजा (व्रत) बस्छन् । यस पवित्र महिनामा विशेषगरी कुरानको वाचन, नमाज पढ्ने तथा गरिब एवं विपन्नहरूलाई सहयोग (दान) गर्ने धार्मिक परम्परा रहेको छ । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्यनिष्ठा, संयम, सहनशीलता, सदाचार, त्याग, परोपकार, दया र दानशीलता जस्ता सद्गुणहरूको विकास हुन्छ । त्यसैले यो पर्वको आफ्नै विशिष्ट, सद्भावपूर्ण र आध्यात्मिक महत्व रहेको छ ।
यस महान् पर्व रमजानको पावन महिनाले सबैमा शान्ति, सहिष्णुता, संयमता र आध्यात्मिक उन्नति प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछु ।
पवित्र रमजानको पुनः हार्दिक मंगलमय शुभकामना !
जय नेपाल !
गगनकुमार थापा
सभापति
